एजेन्सी– एचपीले आफ्नो इलाइट सीरीजको नयाँ ल्यापटप (एचपी इलाइट ड्र्यागन फ्लाइ) सार्वजनिक गरेको छ। यो एक टु इन वान ल्यापटप हो जसको तौल लगभग १ केजी (२.२ पाउन्ड) रहेको छ।
यो ल्यापटपमा १३.३ इंचको स्क्रिनको साथ १६ जिबी र्याम र २ टिबी हार्ड्डिस्कसहितको स्टोरेज छ। सिंगल चार्जमा नै २४.५ घंटा निरन्तर यो ल्यापटप चलाउन सकिने र ३० मिनेट चार्जमा राख्दा ५० प्रतिशत चार्ज भइसक्ने कम्पनीले दावी गरेको छ।
यो ल्यापटपको बडि टु स्क्रिन रेसियो ८६ प्रतिशत रहेको छ। यो ल्यापटपमा आठौ जेनेरेशन इंटेल कोर विप्रो प्रोसेसर दिइएको छ। ल्यापटप मोडर्न वर्कफोर्सलाई ध्यानमा राखी बनाईएको छ। यो ल्यापटपको मूल्य १ हजार ५ सय ४९ अमेरिकी डलर अथवा नेपाली मूल्य १,४९,९९० रुपैया रहेको छ।