एजेन्सी – भियतनाममा एक संगीत प्रशिक्षकलाई फेसबुक पोस्टकै कारण ११ वर्षको जेल सजाय सुनाइएको छ। यहाँको सत्ताविरोधी अभिव्यक्ति दिएपछि न्गुएन नांग तिन्हलाई ११ वर्षको जेल सजाय सुनाइएको हो। भियतनामको एकदलीय सरकारले उनलाई सरकार विरोधी ‘शत्रुतापूर्ण बिचार’ व्यक्त गरेको आरोप लगाएको छ।
भियतनाममा यसवाहेक स्वतन्त्र सञ्चारमाध्यम पनि प्रतिबन्धित छन्। न्गुएनले फेसबुकमा ताइबानी स्टिल फर्मको बारेमा टिप्पणी गरेका थिए। जसले भियतनामी सागरमा अवैध रुपमा माछा मारेकोबारे पनि उनले खुलेर आलोचना गरेका थिए।
साथै प्रहरी दमनको बारेमा उनले टिप्पणी गरेका थिए। ४२ वर्षीय न्गुएनले सरकार विरोधी गतिविधि सामाजिक सञ्जाल मार्फत फैलाएको सरकारको आरोप छ।