एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिना र ब्राजिल भिड्दैछन्। दुई ठूला देशबीचको उक्त भिडन्त नेपाली समयअनुसार शुक्रबार राति १०ः४५ बजे शुरु हुनेछ।
अर्जेन्टिना र ब्राजिलले पछिल्लो समय कोपा अमेरिकामा प्रतिपस्र्धा गरेका थिए। त्यस खेलमा अर्जेन्टिना ब्राजिलसँग २–० गोलले हारेको थियो। लियोनल मेस्सी तीन महिनाको प्रतिबन्ध पश्चात् अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनी टिममा फर्किएका छन्। आजको खेलमा ब्राजिलियन स्टार नेयमार जुनियर भने उपलब्ध नहुने बताइएको छ।
यस खेललाई दुबै देशले प्रतिष्ठाको लडाँइको रुपमा लिएका छन्। एक अर्कालाई बलियो प्रतिद्वन्द्वीका रुपमा स्विकार गरेको दुबै देशले पहिलो रोजाइका खेलाडीलाई नै मैदान उतार्ने तयारी गरिरहेका छन्। खेल साउदी अरेबियामा हुनेछ।