काठमाडौं– राजु लामा सर्वाधिक रुचाईएका गायक तथा मोडेल हुन्। स्मार्ट लुक्सका कारण रुचाईएका उनको आवाजलाई मन पराउँनेहरुको जमात पनि कम छैन।
लामो समय अमेरिका बस्दै आएका उनी पछिल्लो समय नेपाल फर्केर फेरि पहिले जस्तै गीत संगीतमा सक्रिय रुपमा लागिरहेका छन्। भर्खर मात्र उनको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक भएको छ। डिपी खनालको शब्द र मनोज थापा मगरको लय रहेको गीतको भिडियो निर्देशन छेवाङ् लामाले गरेका छन्। राजु लामा र नैना थापाको अभिनय रहेको छ, भने गीतको संगीत संयोजन दिवेश राईले गरेका छन्।
भिडियोमा राजुलाई एकदमै स्मार्ट लुक्समा देख्न सकिन्छ, ताकि भिडियो छायाङ्कनको दृश्यहरु पनि एकदमै राम्रो कैद गरिएको छ। छोटो समयमा गीत अत्याधिक रुचाईएको छ। राजु लामा मङ्गोलियन हर्ट अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=3jV8y1B9UPM