गुल्मी _ गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षीय पूर्णबहादुर सुनार र १९ वर्षीय माधव सुनार रहेका छन् भने अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजेन्द्रसिंह खड्काले जानकारी दिए।
जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो।
कात्तिक १६ गते शनिबार बेवारिसे अवस्थामा फेला परेको शवको हत्यारा पक्राउ परेसँगै पहिचान भएको हो। हत्या हुनेहरूमा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–३ हरकपुर घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीय सरिता भन्ने शिवमाया लिम्बू र उनका ७ वर्षीय जुमल्या छोरी गंगा र जमुना रहेको प्रहरीले जनाएको छ।
दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।
सुनारलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो। फेला परेका ३ वटै शवलाई पोष्टमार्टमपछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो। शवको पहिचानपछि पोष्टमार्टम गरेर परिवारका आफन्तलाई बुझाइने प्रहरी उपरीक्षक खड्काले बताए।
हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको छ। तीनजनाको निर्मतापूर्वक हत्या गरी कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अवस्थामा शव फेलापरेको थियो। सार्वजनिक गरिएका २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए।