एजेन्सी– एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले दोस्रो खेलमा हङकङसँग खेलिरहेको छ। नेपाल अहिले ब्याटिङ गरिरहेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले हङकङविरुद्ध मध्यम शुरुवात गरेको छ। नेपालले १६ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ६३ रन बनाएको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लले आज पनि क्रिजमा जम्न सकेनन्। यसअघिका खेलहरुमा पनि मल्लले खासै प्रभाव जमाउन सकेनन्।
हङकङविरुद्ध मल्ल शुन्य रनमा आउट भएका छन् भने कुशल भुर्तेल १ रनमा पवेलियन फर्किएका छन्। अहिले क्रिजमा शरद भेषवाकरल २९ रन बनाएर बनाएर खेलिरहेको छन् भने उनलाई उपकप्तान दिपेन्द्रसिंह ऐरी २५ रन बनाएर साथ दिइरहेका छन्।
हङकङका कप्तान एजाज खानले २ विकेट लिएका छन्।