काठमाण्डौ–श्रीलंकामा आज ९ शनिबार० राष्ट्रपतिको लागि मतदान हुदैछ। निर्वाचन आयोगका अनुसार ३५ उम्मेदवारले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन्।
तर यी मध्ये हालका आवासमन्त्री सजित प्रेमदासा र पूर्वगृह सचिव गोतबया राजपक्षेबीच प्रतिस्पर्धा हुने अनुमान छ। श्रीलंकामा नयाँ बन्ने राष्ट्रपतिले लागि अति नै चुनौतिको समाना गर्नु पर्ने देखिन्छ। २०२० मा हुने संसदीय निर्वाचन र देशको अर्थव्यवस्थामा आएको सुस्तता र भ्रष्टाचार श्रीलंकाको समस्याका रुपमा रहेको छ।
गत अप्रिलमा इस्लामिक स्टेट ९आईएस०ले इस्टर सन्डेको दिन चर्च र होटलमा बम विस्फोट गराएपछि अर्थव्यवस्थाको महत्वपूर्ण पर्यटन उद्योग धरासयी भएको छ। बम हमलामा २५० जनाको मृत्यु भएको थियो। २।१ करोड जनसंख्या रहेको श्रीलंकामा १।६ करोड मतदाता रहेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन खसेको कुल मतबाट ५० प्रतिशत मत आवश्यक हुन्छ। यदी ५० प्रतिशत मत नआएमा दोश्रो र तेश्रो स्थानमा रहेकाहरुको मतका आधारमा विजेता चयन हुन्छ।
निर्वाचनमा गोतबया राजपक्षे र सजित प्रेमदासाबीच कडा टक्कर हुने देखिन्छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले यो पटक निर्वाचनमा भाग लिएनन्। उनको श्रीलंका फ्रिडम पार्टीले राजपक्षेलाई समर्थन गरेको छ। राजपक्षे पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका भाइ हुन्। उनलाई देशमा रहेको लामो गृहयुद्ध समाप्त गरेको श्रेय जान्छ।
तर राजपक्षे दाजुभाइलाई युद्ध अपराधको अरोप समेत लाग्ने गरेको छ। गोतबया राजपक्षे र उनको पार्टी श्रीलंका पोदुजना पेरमुना ९एसएलपीपी० पार्टी अल्पसंख्यकप्रति कठोर रहेको भन्दै आलोचना हुने गरेको छ। उनी विजयी भएमा देशमा धार्मिक र जातीय तनाव आउन सक्ने आशंका पनि रहेको छ।
प्रेमदासा नेसनल डेमोक्रेटिक फ्रन्ट ९एनडीएफ०का तर्फबाट उम्मेदवार बनेका हुन्। उनको पार्टी दक्षिणपन्थी झुकाव राख्छ। अहिलेको सरकारमा उनलको पार्टी समेत गठबन्धनमा छ। उनका बुबापनि श्रीलंकाका पूर्व राष्ट्रपति हुन्।