बारा– बारामा प्रहरीले प्राचिन मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिकामा मस्ने अमृत रामको छोरा नविन राम रहेको छन्।
वि.सं.२०७६ सालको कार्तिक ९ गते बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ३ मा पोखरी खन्ने क्रममा उक्त मूर्ति फेला परेको थियो। ना १ क ५२०२ नं. को जेसीबी चालक रहेका रामले फेला परेको प्राचिन मूर्तिलाई गोप्यरुपमा लुकाएर राखेको प्रहरीले जनाएको छ।
उनलाई कार्तिक २९ गते इलाका प्रहरी कार्यलय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनको साथबाट मूर्ति बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।