चितवन–दक्षिण चितवनको ठोरी–माडी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ। मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ बरुवाका बाबु बाबुराम पौडेल र छोरा राजु पौडेल रहेका छन्।
आज (शनिबार) बिहान मोटरसाइकलमा पर्साको ठोरीबाट चितवनको माडीतर्फ आउँदै गरेका उनीहरुको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले जानकारी दिए।
ठोरीबाट माडीतर्फ आउँदै गर्दा आज बिहान करिब साढे ७ बजे जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।रासस