काठमाडौ– विप्लब समुहले स्थानान्तरण गर्न तयारी अवस्थामा राखेका सुटकेश भित्र लुकाएर राखेको हातहतियार तथा गोलीगट्ठा प्रहरीले बरामद गरेको छ।
विशेष सुचनाको आधारमा खटिएको दांग र कपिलवस्तुको प्रहरी टोलीले गोठ भित्र लुकाई राखेको अवस्थामा ५ थान एसएमजी राईफल, त्यसमा लाग्ने १३ थान म्याग्जिन तथा ३ सय ९० राउण्ड गोली शुक्रबार बरामद गरेको हो। प्रहरीका अनुसार दाङको गढवा गाँउपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेका बेवारिसे ३, ४ वटा गोठ मध्ये एउटा गोठबाट उत्त हतियार बेवारिसे सुटकेश भित्र रहेको अवस्थामा फेला परेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहका अनुसार उक्त हतियार तथा गोलीगट्ठा कपिलवस्तु तर्फको शिवनगर नगरपालिका १ तर्फको खाली गोठमा स्थानान्तरण गर्न नसकि पात पतिङगर र झारपातले छोपेको अवस्थामा फेला परेको हो। शाहले उक्त हातहातियार र गोली गट्ठा के कुन प्रयोजनको लागि कहां लिएर जान थालिएको भन्ने विषयमा अनुसन्धान भईरहेको बताए।