एजेन्सी– शुक्रबार राति भएको छनोट खेलमा लिचेस्टाईनलाई ३–० ले पराजित गर्दै फिनल्याण्डले युरोकपमा स्थान पक्का गरेको छ। फिनल्याण्ड फुटबलको यो नै अहिलेसम्मको ठूलो उपलब्धि हो।
फिनल्याण्ड कुनैपनि ठुलो प्रतियोगितामा पहिलोपटक छनोट भएको हो। फिनल्याण्डलाई ऐतिहासिक सफलता दिलाउन तिमु पुक्कीले उत्कृष्ट प्रदर्शन गरे। इंग्लिस क्लब नर्विच सिटीका फरवार्ड पुक्कीले छनोट प्रतियोगितामो ९ खेलमा ८ गोल गर्न सफल भए।
लिचेस्टाईन ३–० गोलले पराजित गर्न पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेका थिए। तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए। ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाए।
पुक्कीले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए। त्यपसछि खेलमा अन्य गोल नहुँदा फिनल्याण्ड विजयी भयो। समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोडेको छ।