काठमाडौं– स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव स्वाथ्यमा समस्यामा आएपछि अस्पताल पुगेका छन्। ढाड दुख्ने समस्या देखिएपछि उनी उपचारका लागि वीर अस्पताल गएको बताइएको छ।
ढाकको दुखाई बढेपछि यादव हिड्नसमेत नसक्ने भएका कारण श्क्रबार राति नै उनलाई अस्पताल पु¥याइएको बताइएको छ। स्रोतका अनुसार डाक्टर राजीव झा नेतृत्वको टोलीले स्वास्थ्य मन्त्री यादवको उपचारमाद जुटिरहेका छन्।
ब्याक बोनमा समस्या देखिएको कारण यादवलाई वीर अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइराखेको उनको निजी सचिवालयले जनाएको छ।