इलाम–इलामको नेपालटारमा भएको मोटरसाइकल दुर्घटनामा २ जना घाइते भएका छन्।
इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल सडकबाट उछिट्टिएर घरको छानामा पुगेको हो
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन्।
दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पठाइकाे इलाम अनेरास्वबियुका सचिव मिलन खत्रीले जानकारी दिएका छन्। मोटरसाइकल तीव्र गतिमा रहेकोले गोलाई काट्न नसकेर उछिट्टिएको अनुमान गरिएको छ।