पोखरा– कोत्रेमा आज बिहान टिपरले कारलाई ठक्कर दिंदा कार चालक गम्भिर घाइते भएकाछन्। टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कार चालक पोखरा १० रामबजार निवासी २९ बर्षका युवराज भट्टराई गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ।
पोखराबाट तनहुँतर्फ जार्दै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले कारलाई ठक्कर दिदा गम्भिर घाइते भएका भट्टराईको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ। उनको टाउको, छाती र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए। उनीसंगै सवार भएकी स्याङजाकी २७ बर्षीया प्रतिमा पोख्रेल सामान्य घाइते भएकी छन भने उनको समेत मणिपालमा उपचार हुदैछ।
त्यसैगरी कारसंगै अर्को जिपलाई समेत टिपरले ठक्कर दिदा जितमा सवार ५ जना घाइते भएकाछन्। उनीहरुलाई हाल गण्डकी मेडिकल कलेजमा उपचार गर्न ल्याईएको छ। उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सामान्य घाइते हुनेहरुमा युवराज अधिकारी, लक्ष्मि अधिकारी, सिता देवि तिमिल्सिना, राधा सुवेदी, देवि कोइराला रहेकाछन्। टिपरले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानियले जनाए।