कलैया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राजनितिमा व्यापारिकरण बढेको बताएका छन्। उनले राजनीति स्वेक्छिक समाज सेवा हुनुपर्ने बताएका छन्।
शनिवार जितपुर सिमरा उपमहानगरपालिकाको फतेपुरमा आयोजित नेकपा बाराका नेता अभिमन्यूबहादुर क्षेत्रीको १३ औं पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा पुर्व मन्त्री समेत रहेका नेता साहले नेपालमा राजनिति व्यापारको रुवमा मौलाएको बताए। अहिलेको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेकाले प्रदेशको समृद्धि सम्भव नभएको उनको भनाई छ।
नेता शाहले प्रदेश २ मा समृद्धि तथा सुशासन कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले मात्रै ल्याउँन सक्ने बताउँदै कम्युनिष्ट नेतृत्वको सरकारको आवश्यक्ता रहेको जानकारी दिए। राजनीति राष्ट्र र समाजको सेवाका लागि हुनुपर्ने बताए।
अभिमन्यूबहादुर क्षेत्री कम्युनिष्ट पार्टी र समाजको एक सच्चा समाजसेवी रहेकाले उनको निधनले पार्टी, समाज, राष्ट्रका साथै परिवारलाई ठुलो क्षति पुगेको बताए। समाज सेवालाई निरन्तर्ता दिएका अभिमन्यूबहादुर क्षेत्रीको योगदान उच्च रहेको उनले बताए।