मुम्बइ – बलिउडस्टार आमिर खानकी छोरी इरा ‘डेब्यु प्रकोजेक्ट’का कारण चर्चामा छिन्। ‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको हो। यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्कतले धेरैलाई चकित तुल्याएको छ।
हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ।
उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन्। उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन्। फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन्। इरा आमिरकी पहिलो पत्नी रिना दत्ततर्फकी छोरी हुन्। रिनासँग उनका एक छोरा पनि छन्।