काठमाडौं– लोकप्रिय गायक तथा सर्जक ईश्वर बाबुको शब्द संगीतमा नयाँ गीत ‘सिन्धुर पछिको माया’ भर्खर मात्र सार्वजानिक भएको छ।
गीतमा ईश्वर बाबुलाई गायिका अमृता कार्कीले साथ दिएकी छिन्। बाग्लुङ् जिल्लाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको गीतको भिडियो पनि स्वयम् ईश्वर बाबुले नै निर्देशन गरेका छन्, भने भिडियोमा पनि ईश्वर बाबु, अमृता कार्की र कमल जि.एम. को अभिनय रहेको छ।
गीतमा मानिसको विवाह पश्चात फेरि अर्कै मान्छे सँग माया बस्दा के कस्ता उतार चढापहरु पारिवारिक जीवनमा आईपर्दछन् भन्ने भाव रहेको छ। जसमा सर्जक ईश्वर बाबुले निकै मार्मिक शब्द कोरेका छन्। जय नेपाल फिल्मस्को अफिसियल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=-7DOKOO7_6Q