काठमाडौं–नायक अनमोल केसी र सुहाना थापाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन्। गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिज पनि बन्ने भएको छ।
सुनिलकुमार थापाको निर्माणमा झरना थापाले चलचित्र ‘ए मेरो हजुर ४’को निर्देशन गर्ने्छिन्। यो चलचित्रका लागि नायिकाको रुपमा झरना थापाकै छोरी सुहाना थापा फाइनल भैसकेकी थिइन्। अब, निर्माणपक्षले चलचित्रका लागि नायक पनि फाइनल गरेको छ।
चलचित्रमा नायक अनमोल केसी नै फाइनल भएका छन्। अनमोललाई शनिबार निर्माणपक्षले कागजी संझौता गरेसँगै ‘ए मेरो हजुर४–’माअनमोल र सुहानाको जोडी दोहोरिने पक्का भएको हो ।अनमोलले ‘ए मेरो हजु–३’ पछि बाहिरी ब्यानरको चलचित्र ‘धुपौरे’ साइन गरेका थिए । तर, छायांकनमा जानुअघि अनमोलले यो चलचित्र छाडे। उनै, अनमोल गतबर्ष आफू अभिनित ब्लकबस्टर चलचित्रको चौथो सिरिजमा काम गर्न राजी भएका हुन्। यसपटक भने चलचित्रको कथा म्यूजिकल लभ स्टोरी हुनेछैन। निर्देशक थापाका अनुसार, प्रेमकथामै चलचित्र बग्नेछ।
चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु गर्ने योजना यसको निर्माण पक्षले जानकारी दिएको छ।