एजेन्सी– युरोकप छनोट खेलमा अजरवैजानविरुद्ध वेल्सले जित निकालेको छ। शनिबार राति भएको खेलमा अजरवैजानलाई २–० गोलले हराएसँगै वेल्सको युरोकपमा छनोट हुने सम्भावना जिवितै रहेको छ।
वेल्सलाई महत्वपूर्ण जित दिलाउन किफर मोरी र ह्यारी विल्सनले गखेल गरेका थिए। खेलको १० औं मिनेटमा किफर मोरीले गोल गर्दै वेल्सलाई शुरुवाती अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलमा वेल्सका ह्यारी विल्सनले ३४ औं मिनेटमा वेल्सको अग्रता दोब्ब्र बनाए। पहिलो हाफमा वेल्स २ गोलले अघि बढेको थियो।
खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल भएनन् र वेल्सले खेल २–० गोलले आफ्नो पक्षमा पारेको हो। जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
वेल्सले समूहको अन्तिम खेलमा हंगेरीलाई पराजित गर्न सके युरोकपमा स्थान पक्का गर्नेछ। हंगेरीसँग हारेमो वेल्सको सम्भावना सकिनेछ भने वा बराबरी खेलेमा अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ।