एजेन्सी–भारत सबैभन्दा ठूलो टेलिकम कम्पनीमा पर्ने वोडाफोन—इण्डियाको दोस्रो त्रैमासिक रेकर्डमा ७४ हजार करोड रुपैयाँ घाटा भएको पाइएको छ। अर्थशास्त्री विवेक कौलका अनुसार १ अर्ब भन्दा बढी मोबाइल ग्राहक भएको भारतको बजारमा सो कम्पनीलाई घाटा हुनुका मुख्य दुई कारण छन्।
पहिलो कारण केही वर्ष टेलिफोनको कलको मूल्य घट्दापनि यसको डेटाको मूल्य लगातार उच्च रह्यो। तर, तीनवर्ष पहिला जब रिलायन्स जियो आयो त्यसपछि सबै कुरा बदलियो। जियो आएपछि डेटाको मूल्यमा गिरावट आयो र यसले भ्वाइसको बजारलाई डेटाको बजारमा बदलिदियो।
नतिजा यो आयो कि भारत डेटाको बजारमा सबैभन्दा सस्तो भयो। यसले गर्दा देशमा पहिलादेखि नै रहेका कम्पनीमा गहिरो असर पर्यो। उनीहरुलाई रिलायन्सको मूल्य अनुरुप आफ्नो योजना ल्याउनु पर्यो। यसको कारण फाइदा कम र नोक्सान बढी भयो।
अर्को कारण एडजस्टेड ग्रास रेभिन्यु (एजीआर)को मामिला पनि हो। यसको मतलब दूरसञ्चार कम्पनीले आफ्नो कमाईको एक हिस्सा सरकारको दूरसञ्चार विभागको साथ साझा गर्नुपर्दछ।सो कम्पनीले अहिले भारतमा धेरै कर तिर्नुपरेको गुनासो गर्दै आएको छ। यदि वोडाफोन जस्तो कम्पनीले देश छोडेर गएमा त्यसले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा भारतको छबीलाई नै अप्ठेरो पर्न सक्ने जनाइएको छ।
भारत सरकार र वोडाफोनका बीच गएको १० वर्षदेखि करको विषयलाई लिएर मुद्दा चलिरहेको छ। पछिल्लो समय वोडाफोनले भारतको आइडिया भन्ने कम्पनीसँग मिलेर ज्वाइन्ट भेन्चरमा काम गर्दै आएको छ। भारतीय टेलिकम बजारमा राजश्वको मामिलामा यो कम्पनीको हिस्सेदारी २९ प्रतिशत रहेको छ। (बीबीसी)