धादिङ– धादिङको बेनिघाटमा ग्यास बोकेको बुलेट गाडी पल्टिएको छ।
बीच सडकमा गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन्।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आइतवार बिहान सडक छेउमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार पल्टिएको बुलेट उठाउने तयारी भइरहेको छ।