एजेन्सी– केही साताअघि अक्षय कुमार फिल्म ‘सूर्यवंशी’ को शूटिङको क्रमममा सामान्य घाइते भएका थिए। जसको कारण हाल अक्षयका फ्यान चिन्तित बनेका छन्।
‘सूर्यवंशी’ का बेला अक्षयलाई चोट लागे पनि उनले शूटिङ रोकेका थिएनन्। ‘सूर्यवंशी’ फिल्म सुटिङको क्रममा अक्षय कुमारलाई लागेको चोट बढ्दै गएपछि अस्पताल भर्ना भएको हल्ला चलेको थियो। यहीँ हल्लाको कारण अक्क्षको फ्यानहरुले चिन्ता व्यक्त गरेका हुन्। तर अहिले यो हल्लामा कुनै सत्यता नभएको पाइएको छ।
खबरका अनुसार अक्षय कुमार अस्पताल आफू बिरामी भएर नभई आफ्नी पत्नी ट्वीङ्कलकी आमा डिम्पललाई भेट्न अस्पताल पुगेका थिए। डिम्पल पनि फिल्म शूटिङको बेला सामान्य घाइते भएका थिए। हाल उनले अस्पतालमा उपचार गराइरहेकी छिन्।
बलिउड सेलिब्रेटीहरु अहिले एकपछि अर्को गर्दै बिरामी परिरहेका छन्। गायिका लता मंगेशकर अस्पतालमा भर्ना भएकी थिइन् भने बलिउडका बिगबी अमिताभ बच्चनको पनि स्वास्थ्य अवस्था बिग्रेको हुनाले आराम गरिरहेका छन्।