काठमाडौं — अपि पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो तिन महिनामा ३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ।
यो नाफा कम्पनीको गत आवको पहिलो तीन महिनाको नाफा भन्दा १८.३० प्रतिशतले बढी हो।
उक्त कम्पनीको गत आर्थिक वर्षको पहिलो तीन महिनाको नाफा ३ करोड ३ लाख रुपैयाँ थियो। एक अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले विद्युत बिक्री मार्फत ६ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ।