एजेन्सी–चलचित्रले विलियनको कमाई गर्यो भन्दा धेरैलाई पत्याउँन समेत गाह्रो हुन्छ। हालै मात्र हलिउड चलचित्र ‘जोकर’ ले बम्पर कमाई गरेको छ। यो चलचित्रले विश्व बक्स अफिसमा १ विलियन डलर कमाई गरेको हो।
साथै, १ विलियन डलर कमाउने यो छैटौ चलचित्र समेत बनेको छ। यो चलचित्रले घरेलु बजारमा ३४० मिलियन डलर र ओभरसिजमा ८२० मिलियन डलर कमाई गरिसकेको छ । यो चलचित्रको हालै मात्र भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन समेत गरिएको थियो। जहाँ, यो चलचित्रलाई करिब ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओवेशन’ समेत मिलेको थियो।
‘एभेन्जर्स इन्डगेम’ पछि यो बर्ष सर्वाधिक चर्चामा रहेको चलचित्र समेत समेत साबित भएको छर। यो चलचित्रमा जोकिन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाहा गरेका छन्। उनको यो भूमिकाको समेत उत्कृष्ट प्रशंसा भईरहेको छ।