एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ। आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्स बजारमा आउन लागेको हो।
नेपाली बजारमा आइफोन इलाभेन सार्वजनिक हुनुअघि नै नेपालमा यसको अवैध तरिकाबाट विक्री वितरण भइरहेको छ। आधिकारिक, वारेन्टी भएको फोन जहाँ पायो त्यहाँ नकिन्न जेनेरेसन नेक्स्टले सबैसँग आग्रह गरेको छ। जेनेरेसन नेक्स्टको वेभसाइटमा गएर आइएमइआइ नम्बर हालेर तपाइँले किन्नु भएको आइफोन वैध हो कि अवैध तरिकाबाट ल्याइएको हो भन्ने हेर्न सकिने छ।
आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्सको मूल्य नेपाली बजारमा यसप्रकार छन्:
आइफोन इलाभेन:
- ६४ जिवीको १ लाख १० हजार ५ सय रुपैयाँ
-१२८ जिवीको १ लाख १८ हजार ३ सय रुपैयाँ
-२५६ जिवीको १ लाख ३४ हजार रुपैयाँ
इलाभेन प्रो:
-६४ जिवीको १ लाख ५७ हजार २ सय ५० रुपैयाँ
-२५६ जिवीको १ लाख ८० हजार ९ सय रुपैयाँ
-५१२ जिवीको १ लाख ११ हजार ८ सय रुपैयाँ
इलाभेन प्रो म्याक्स:
-६४ जिवीको १ लाख ७२ हजार ८ सय रुपैयाँ
-२५६ जिवीको १ लाख ९६ हजार ६ रुपैयाँ
-५१२ जिवीको २ लाख २७ हजार ४ सय रुपैयाँ
आइफोन इभो स्टोर,ओलिज स्टोर, मोबाइल ट्रोन फ्युचर टेक ट्रेड र फ्युचर वल्र्ड बाट पनि किन्न सकिने छ।साथै नयाँ फोन किन्दा इएमआइ सुविधा रहेको छ भने निशुल्क एनसेल डाटा पनि पाइने जेनेरेसन नेक्स्टले जनाएको छ। एजेन्सी