एजेन्सी–बलिउडका दुई नायक रणवीर सिंह र शाहिद कपुरको सामाजिक संजालमा चर्चा चलिरहेको छ। उनीहरुको तस्विरलाई जोडेर सामाजिक संजाल प्रयोगकर्ताहरुले दुइको तुलना गरिरहेका छन्। कसैले रणवीरको पक्षबाट पोष्ट गरेका छन् त कसैले शाहिदलाई सपोर्ट गरेका छन्। यो आ–आफ्ना फ्यानहरुको रोजाईको कुरा हो।
आखिर किन भयो त रणवीर र शाहिदको तुलना? कारण हो, उनीहरुले अभिनय गरेको चलचित्र। रणवीरले हालै चलचित्र ‘८३’ को छायांकन सकाएका छन्। क्रिकेटर कपिल देवको बायोग्राफी चलचित्रमा रणवीर मुख्य भूमिकामा प्रस्तुत भएका छन्।यस्तै, नायक शाहिद कपुर पनि नयाँ चलचित्रको तयारी गरिरहेका छन्। शाहिद तेलुगु चलचित्र ‘जर्सी’ को रिमेकमा काम गर्ने तयारीमा छन्।
चलचित्रमा शाहिदले क्रिकेटरको भूमिका निर्वाह गर्नेछन्। चलचित्रको लागि शाहिद क्रिकेट सिकिरहेका छन्। विशेषत चलचित्रमा दुबै नायक क्रिकेटर बनेका कारण पनि उनीहरुको तुलना सुरु भएको हो। तर, दुबैले काम गर्न लागेको चलचित्रको कथावस्तु भने विल्कुल फरक छ। शाहिद र रणवीरविच क्रिकेटर बन्दा कसलाई बढी सुहायो, यो त दुबैको चलचित्र रिलिजपछि आउने प्रतिक्रियाले पनि थाहा हुनेछ।