एजेन्सी — पूर्व राष्ट्रपति महेन्द्र राजपाक्षेका भाइ पूर्व रक्षामन्त्री एवं विपक्षी उम्मेदवार गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति चुनिएका छन्।
शनिबार भएको राष्ट्रपतिको चुनावमा राजापाक्षेले ५४ प्रतिशत बढी मत पाएका छन्। उनले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन्।
सात महिनाअघि भएको २ सय ५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ।
यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन्। उनी सिंहालीहरूबीच प्रिय छन्। उनले ६० प्रतिशतभन्दा बढी मत सिंहाली बहुल क्षेत्रबाटै पाएको बताइएको छ।
गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए। उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए। राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ।