काठमाण्डौ–भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
संगठनले भारतले आफ्नो नक्सामा पारेको लिपुलेक र कालापानी फिर्ताको माग गर्दै आइतवार मण्डामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा गो ब्याक इण्डिया, कालापानी हाम्रो हो लगायतका नारा लगाएका थिए।