एजेन्सी– युएईमा भइरेहको टी–१० लिगमा आइतबार नेपालका पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिमको खेल हुँदैछ।
पारसको टिम अबुधावीले नर्थन वारियर्ससँग खेल्दैछ भने सन्दीपको टिम कर्नाटका टस्कर्सले बंगला टाईगर्ससँग प्रतिस्पर्धा गर्दैछ। पारस खड्काको टिम अबुधावीको खेल बेलुकी सवा ५ बजे हुरु हुनेछ। उक्त खेलमा पारस खेल्ने सम्भावना उच्च रहेको छ। पहिलो खेलमा ३ बल मात्र खेल्न पाएका पारसले ३ रन बनाएका थिए। पारसको टिमको खेल भने बराबरीमा सकिएको थियो।
त्यस्तै राती साढे ७ बजे सन्दीप आबद्ध टिमको खेल हुनेछ। पहिलो खेलमा मध्यम प्रदर्शन गरेका सन्दीपले आज पनि खेल्ने पक्कापक्की छ। सन्दिपले पहिलो खेलमा एक विकेट हात पार्न सफल भएका थिए। सन्दीपकाे टिमले पहिलाे खेल जितेकाे थियाे।