काठमाडौं — प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको प्रमुख अतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच १४ औं महानगरीय प्रहरी दिवस सम्पन्न भएको छ।
समारोहमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्र्तगत रही प्रहरी परिचालनतर्फ उत्कृष्ट कार्य गर्ने, समुदाय– प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनतर्फ उत्कृष्ट कार्य गर्ने, उत्कृष्ट अनुसन्धानकर्ता, प्राविधिक कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्राविधिक प्रहरी र ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट ठहर भएका प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए।
प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न संघसंस्था एवम् सामाजिक अभियन्ताहरुलाई कदरपत्र प्रदान गर्नुका साथै १४ औं महानगरीय प्रहरी दिवसको अवसरमा आयोजित अन्तर विद्यालय चित्रकला प्रतियोगितामा उत्कृष्ठ हुने छात्र÷छात्राहरुलाई नगद पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरे। साथै उनले नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्र बिवश भट्टलाई अमर प्रहरी सन्तती छात्रवृति प्रदान गरे।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी कार्यालयको आफ्नै विशिष्ट किसिमको जिम्मेवारी र महत्व रहेको चर्चा गर्दै प्राप्त अधिकार राम्रोसँग उपयोग गर्दै जानुपर्नेमा जोड दिए। प्रहरी कर्मचारीले पूर्ण व्यवसायिधताका साथ जिम्मेवारी वहन गर्दै कार्य सम्पादन गरेमा नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने उनले उल्लेख गरे।
प्रहरी महानिरीक्षक खनालले सबै प्रहरी कर्मचारीहरुले इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए। नेपाल प्रहरीले गर्नुपर्ने काम र जिम्मेवारीप्रति लगनशिल भई कार्य गरेमा कुनै पनि किसिमको घटना अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने उनले बताए।
प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई समाजलाई भयरहित बनाउनु प्रहरीको महत्वपूर्ण कार्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यो कार्यलाई पुरा गर्न नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याएको बताए। स्थानीय तह तथा समाजका सबै वर्गहरुसँग सहकार्य गर्दै अगाडि बढ्न उक्त अवधारणा अन्तर्गत संचालन भएका विविध गतिविधिले नागरिक–प्रहरीवीचको साझेदारी थप मजबुत हुनुका साथै अपराधिक गतिविधि नियन्त्रण तथा समाजलाई भयरहित बनाउन समेत महत्वपूर्ण योगदान प्गेको उल्लेख गरे।
समारोहका विशिष्ट अतिथि काठमाडौं महागरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उक्त अवसरका स्थानीय तहका जनप्रतिनिधिहरुको तर्फबाट श्भकामना मन्तव्य व्यक्त गर्दै शान्ति शुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको सम्दाय प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न थप सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
उक्त अवसरमा महानगरीय प्रहरी कार्यालयका पूर्व आयुक्तको तर्फबाट पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना,प्रम्ख जिल्ला अधिकारीहरुको तर्फबाट ललितपुर जिल्लका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र ननागरिक समाजको तर्फबाट प्रा.डा बासुदेव त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगरीय प्रहरीसँग समन्वय गर्दै अगाडि बढ्न आफुहरु तत्पर रहेको बताए।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गरेका उक्त समारोहमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
समारोहमा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य एवम् सामुदायिक सेवा केन्द्र बानेश्वर १०का अध्यक्ष दिपेन्द्र क्षेष्ठ, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, जिल्ल सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता, महानगरीय प्रहरी कार्यालयका पूर्व प्रहरुी आयुक्तहरु, काठमाडौंस्थित स्थानीय तहका प्रमुखहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु काठमाडौंस्थित विभिन्न विद्यालयका विद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।