तस्वीरः अनलाइन खबर
काठमाडौं–नेपालमा रिलिज हुनुपूर्व विदेशमा प्रिमियर शो गरिएको ‘मिस्टर नेपाली’ ले हलमा दर्शक खासै तान्न सकेको छैन। शुक्रबारदेखि रिलिज भएको चलचित्रमा नायक भूवन केसीलाई खलपात्रको रुपमा देखाएको यो चलचित्रमा नव–कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउत छन्।
यो चलचित्रले हलमा दर्शक तान्न खासै नसकेपनि यसका डेब्यू कलाकार साहिलले भने संभावना देखाएका छन्। चलचित्र भरी नै हाबी रहेका नयाँ कलाकारले सक्दो मिहिनेत गरेको देख्न सकिन्छ। साहिलले अझै अभिनयमा सुधार गर्दै जाने हो भने उनले आफूलाई बलियो रुपमा यो क्षेत्रमा उभ्याउन सक्छन्।
विदेशमा बसेपनि नेपालीपन हराउँदैन भन्ने कथा बोकेको यो चलचित्रको कमेडी पाटोले पनि दर्शकलाई होल्ड गर्न सक्छ। विष्णु सापकोटा र रवि डंगोलको जोड्दार कमेडी पाटोले दर्शकलाई हलमा टिकाइराख्न मद्दत गरेको छ। नायक भूवन केसीलाई चलचित्रमा मुखियाको भूमिकामा देखाइएको छ। भूवन र साहिलविचको वार नै चलचित्रको मुख्य पाटो हो। निर्देशक देव भुषालले निर्देशन गरेको यो चलचित्र विदेशमा बस्ने नेपालीले हेर्न अझै बढी आवश्यक छ।
‘मिस्टर नेपाली’ले जुनसुकै देशमा बसेपनि आफ्नो देशको माया, सँस्कृति कहिल्यै विर्सन हुँदैन भन्ने सन्देश दिन्छ।