तस्विर: अन्नपुर्णबाट
काठमाडौं _ सुजुकीको प्याटेन्टेड हाटटेक्ट प्ल्याटफर्मको पाँचौं पुस्ताको नयाँ ‘एस–प्रेसो’ नेपाली बजारमा आएको छ।
यसको बनोटलाई अझबलियो, सुरक्षित र कठोर बनाइदिएको छ। १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत विक्री हुनेछ।
नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले मिनी एसयूभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयूभी’ सार्वजनिक गरेको हो।
यसमा राखिएका १० भन्दा बढी सेफ्टी फिचरले यसलाई सेग्मेन्टकै सबैभन्दा सुरक्षित कार बनाएको छ।
‘बोल्ड अनि पावरफुल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’अरुभन्दा भिन्न देखिन्छ।
‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ। सुजुकीले ‘एस–प्रेसो’मा‘वेस्ट–इन–क्लास’फिचरसमेत लोड गरेको छ।