काठमाडौं– बाल गायिका कमला घिमिरेले लाईभ लोहोरीमा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारसँग दोहोरी गाएर सबैलाई चकित पारेकी थिईन्। दोहोरीमा अत्याधिक रुचाईएकी कमलाले ‘चिया छानेको’ गीत बजारमा ल्याउँदा पनि दर्शकहरुले उत्तिकै रुचाएका छन्।
उनलाई अमृत सापकोटाले स्वरमा साथ दिएका छन्। खेम सेन्चुरीको लय र रमेश विजीको शब्द रहको गीतलाई विनोद बाजुरेलीले मिठो संगीत संयोजन गरेका छन्। चौथो दिनमा एक्काईस लाख भन्दा बढीले यो गीतलाई हेरिसकेका छन् भने नेपालको ट्रेन्डिङ नम्बर १ मा बस्न सफल भएको छ। टिकटकदेखि जताततै गीत भाईरल भएको छ। लोकदोहोरी क्षेत्रका चर्चित मोडल र गायक गायिकाहरु भिडियोमा देखिएका छन्। शंकर विसीले गीतको भिडियो पनि राम्रो निर्देशन गरेका छन्। सुभारम्भ डिजिटल म्यूजिक बाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=AYxWe4kUMu0