तनहुँ–पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ मानहुँ बस्ने ७६ वर्षीय लोकबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
थर्पुबाट दमौलीतर्फ आउँदै गरेको बा ८२ प ६४९० नं को मोटरसाइकलले ठक्कर दिँदा घाइते विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दि ।
मोटरसाइकलको ठक्करबाट विकको दायाँ खुट्टा र कानमाथिको भागमा गहिरो चोट लागेको थियो। पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस