काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह बेला–बेलामा अनौठो तरिकाले जनता सामु झुल्किन थालेका छन्। उनी ठमेलको एक नाइट क्लब एलओडीमा नाच्दै रमाइलो गरेको भिडिओ र फोटो अहिले भाइरल भइरहेको छ । उनी बुहारी हिमानीसहित नाइट क्लबमा पुगेका थिए । त्यहीँ थिइन् नायिका केकी अधिकारी, रिमा विश्वकर्मा लगायत।
उनीहरुले पनि पूर्व राजपरिवारसँग केही क्षण कुराकानी गरे र फोटो खिचाए। पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रत्यक्ष साक्षात्कार हुँदाको अनुभव नायिका केकीले बताएकी छिन्। य म, रीमा विश्वकर्मा लगायत एउटा विशेष कामले ठमेलको एलओडी (नाइट क्लब)मा गएका थियौं। हामी त्यहाँ गइसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउन लागेको जानकारी भयो। एलओडी पुगेपछि हामी उहाँहरुकै प्रतिक्षामा रह्यौं । १५र२० मिनेटमै पूर्वराजपरिवार आउँछ भनेपछि हामी कुरेर बसेका थियौं।
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित त्यहाँ ‘भिजिट’ गर्ने भनेर जानकारी गराइएको रहेछ। त्यस्तो कुनै विशेष इभेन्ट थिएन। पारिवारिक मनोरञ्जनका लागि हुनसक्छ उहाँहरु आउनु भएको। हामी गएकै बेला उहाँहरु आएको राम्रो संयोग मिल्यो। ज्ञानेन्द्र शाह, हिमानी लगायत राजपरिवारका सदस्यसँग त्यसरी प्रत्यक्ष साक्षात्कार गर्ने मौका मिलेको थिएन।
उहाँहरु चार(पाँच जना हुनुहुन्थ्यो, सुरक्षा गार्डसहित। जब उहाँहरु क्लबमा आउनुभयो, माहौल नै भिन्न भयो। हाम्रोलागि पनि त्यो अनपेक्षित जस्तै भइदियो। पूर्व राजपरिवारलाई आफ्नै आँखा अगाडि त्यसरी हेर्ने र बुझ्न पाइएको थिएन। त्यतीका भिडमा पनि उहाँहरु कति निस्फिक्री र निर्धक्क रमाइलो गर्नुभयो, जो चकित तुल्याउने खालको थियो। त्यसमाथि एलओडीमा नेपाली गीतहरु घन्काइएकाले माहौल अरु रमाइलो बनेको थियो।
एलओडीमा आएका सबैसँग उहाँहरु सौहार्दपूर्ण ढंगले हेलमेल भइरहनुभएको थियो। न उहाँहरुलाई कुनै सुरक्षाको भय जस्तो देखिन्थ्यो न कुनै दम्भ नै। मिजासिला र मिलनसार देखिन्थे सबैजना। सर्वसाधारण सँग एकदमै खुलेर कुरा गर्ने, फोटो खिच्ने, नाच्ने गर्नुभयो। ज्ञानेन्द्र शाह, हिमानी दिज्यूलगायतले हामीलाई पनि विशेष ट्रिट गर्नुभयो, कलाकार भनेर। मेरो त नामै लिएर भन्नुभयो, ‘केकी जी तपाईंको फिल्म हेरेको छु, राम्रो अभिनय गर्नुहुन्छ।’ उहाँहरुले यसरी अप्रिसियट गरिदिँदा म त दंग परें।
हामी उहाँहरु बसेकै नजिक बसेका थियौं। यद्यपि उहाँहरुले के खानुभयो भन्ने कुराचाहिँ ख्याल गरिएन। धेरै लामो समय बस्नु भएन पनि। एकरडेढ घण्टा रमाइलो गरेर त्यहाँबाट निस्किनुभयो। हामी एलओडीमा ‘कमेडी च्याम्पियन’ का लागि लोकेसनको कुरा गर्न त्यहाँ पुगेका थियौं। त्यही मेलोमेसोमा केही क्षण रमाइलो गरेर हामी पनि बाहिरियौं।
https://www.facebook.com/watch/?t=6&v=2659592027467411