संखुवासभा–गोरुले हान्दा एक वृद्धाको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका—११ हरेलोमा गोरुले हान्दा ७३ वर्षीया वृद्धा फुर्वा शेर्पाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले आइताबार बिहान आफैँले पालेको गोरुले हानेर गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो।
शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो।