काठमाडौं –केही समदेखि चर्चामा नाम रहेको चचलचित्र ‘दि कर्मा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। अहिले प्रदर्शन मिति पाउँन कठिन भएको अवस्थामा यो चलचित्र अब माघको १७ गतेबाट रिलिज हुने भएको छ। जयराज रायले यो चलचित्रको निर्माण गरेका हुन् भने देवकुमार श्रेष्ठ यसका निर्देशक हुन्।
नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा यो चलचित्र बनेको हो। जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रको कथा जयराजले लेखेका हुन्। श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको
चलचित्रमा शारदा खड्का सह–निर्माताको रुपमा छन्। भारतका मोडल करण वर्माको साथमा चलचित्रमा नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाको अभिनय छ। चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद छ।