एजेन्सी– यु–१७ फिफा विश्वकपको उपाधि ब्राजिलले हात पारेको छ। फाइनल खेलमा मेक्सिकोविरुद्ध२–१ गोलको पुनरागमन जित निकाल्दै ब्राजिलले उपाधि जितेको हो।
आइतबार राति भएको फाइनल खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको थियो। प्रतिपर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६६ औं मिनेटमा मेक्सिकोले शुरुवाती अग्रता बनाएको थियो। मेक्सिकोको लागि ब्रायन अलोन्सन ओलिभानले उक्त गोल गरेका थिए।
खेलमा पछि परेर दबाब झेलिरहेको ब्राजिलले ८४ औं मिनेटमा पेनाल्टी पायो। काइयो जोर्गेले पेनाल्टीको सदुपयोग गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए।
बराबरीतर्फ धकेलिएको खेलको थप गरिएको समयमा ब्राजिलले थप एक गोल गर्दै उपाधि रक्षा गर्यो। इन्जुरी समयमा ब्राजिलका लागि निर्णायक गोल लाजारो भिनिसियसले गरेका थिए।