तस्वीरःअनलाइन खबर
काठमाडौं–नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै उचाई बनाउँन सफल नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। उनै, साम्राज्ञी आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन्। उनलाई उनको परिवारले मध्यरातमा नै केक काटेर जन्मदिनको शुभकामना दिएको थियो। साम्राज्ञीकी आमा नेहा आरएल शाह, प्रेमी देवांशु राणा, चलचित्रकर्मी बाबुराम दाहाल लगायत साम्राज्ञीको जन्मदिन सेलिव्रेशनमा साथमा थिए।
नेपाली चलचित्र क्षेत्रमा ‘ड्रिम्स’ बाट उदाएकी साम्राज्ञीले पहिलो चलचित्रबाट नै सफलता प्राप्त गरिन्। यसपछि उनको ‘ए मेरो हजुर २’ पनि बक्स अफिसमा हिट भयो। यसपछि भने साम्राज्ञीलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढ्यो। साम्राज्ञीले अभिनय गरेका ‘तिमी सँग, कायरा, इन्टु मिन्टु लण्डनमा, मारुनी, रातो टिका निधारमा’ रिलिज भैसकेका छन्।
पछिल्लो समय बक्स अफिसमा चलचित्र असफल हुँदा साम्राज्ञीलाई समस्या भैरहेको छ। साम्राज्ञी चलचित्रसँगै विभिन्न समयमा तस्वीरका कारण पनि चर्चामा आउने गर्छिन्। कहिले संवेदनशिल अंग तल खिचिएको ट्याटु होस् या कहिले प्रेमीसँगको तस्वीरले उनलाई विवादमा ल्याउने गरेको छ।
साम्राज्ञी अब निर्देशक हेमराज वीसीको चलचित्रमा काम गर्ने तयारीमा छिन्। आफ्नो जिन्दगीको विशेष दिन मनाइरहेकी साम्राज्ञीलाई हाम्रो तर्फबाट पनि ‘ह्याप्पी बर्थ डे’। अबका सिनेमा अझैं सफल रहोस्।