महेन्द्रनगर – ‘नेपाल आइडल २’ का विजेता रवि ओडलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको पर्यटन दूत बनाएको छ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले शनिबार ओडलाई महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा प्रदेशको पर्यटन दूतका रुपमा नियुक्त गरेको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन्।
गायक ओडले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आफूलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको जानकारी दिए। उनले गीत संगीतका माध्यमबाट देश विदेशमा सुदूरपश्चिमको पर्यटक, संस्कृति लगायतको प्रचारमा दत्तचित्त भएर लाग्ने बताए।