काठमाडौं–नायक विपिन कार्कीलाई भर्खरै मात्र पुत्री लाभ भएको छ। विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्
छोरीको तौल ३.७ केजी रहेको विपिनले बताए। विपिनले भने,‘चलचित्रको पर्दामा पनि म बाबु बनेको छु। तर, त्यसमा अभिनय गर्दा र रियल लाइफमै बाबु भन्दाको अनुभव धेरै फरक हुने रहेछ। म आफूलाई महशुश भएको कुरा शब्दमा बर्णन गर्न नै सक्दिनँ।’ नायक कार्कीले आमा र छोरीको अवस्था निकै राम्रो रहेको बताए। विपिन र रेश्माको बिहे भएको ५ बर्ष भयो। बिहे भएको ५ बर्षपछि उनीहरुले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन्।
नायका कार्कीले हालै मात्र चलचित्र ‘सेल्फी किङ्ग’ को छायांकन सकेका छन्। विपिन र रेश्मालाई वधाई, साथै आगामी दिनमा अझैं यो भन्दा सफल सिनेमा देख्न सकौं।