काठमाडौं–नारीहरुको कथामा आधारित चलचित्र ‘मखमली मखमली’ मंसिर १३ बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको ट्रेलर सार्वजनिक गरेको निर्माण पक्षले मंसिर १३ बाट देशभर फिल्म प्रदर्शन गर्न लागेको हो।
चलचित्र निर्माण सहयोगी दामोदर भट्टले चलचित्र ‘मखमली मखमली’ यही मंसिर १३ बाट देशभरका हलमा एकसाथ प्रदर्शन गर्न फिल्मको सम्पूर्ण टिम लागिपरेको जानकारी दिए। मखमली–मखमली नेपाली नारीहरुकौ वास्तविक भोगाइमा आधारित चलचित्र हो। गीतकार सावित्रा चिलुवालले निर्माण गरेको फिल्मको निर्देशन राजु गिरीले गरेका छन्।
फिल्ममा जयकिशन बस्नेत र शुभेच्छा थापाको मुख्य भूमिका छ। सविन बास्तोला, शारदा गिरी ‘कालीबूढी’, सुदर्शन आचार्य, बाल कलाकार सम्राट पोखरेलले पनि फिल्ममा अभिनय गरेका छन्। वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालले फिल्ममा मधुर संगीत भरेका छन् भने रामजी लामिछाने र अनील राईले नृत्य निर्देशन गरेका छन् । विशेषत एउटा नारीले नारी भएकै कारण समाजमा के–कस्ता कुराहरुको सामना गर्नपर्दछ, त्यो कुरा यसमा देख्न सकिनेछ।
नारीको भोगाइमाथि फिल्म बनेकाले यसले समाजमा सकारात्मक प्रभाव पार्ने निर्माण पक्षको विश्वास छ।