एजेन्सी–बलिउडका किङ खान भनिने सुपरस्टार शाहरुख खानको छवि स्वच्छ छ। उनी भलाद्मी अभिनेतामा गनिन्छन्। तर, दुइटा घटनामा उनले आफ्नो इमेजविपरीत काम गरेका थिए।
सन् १९९३ मा रिलिज भएको फिल्म ‘माया मेमसाब’ को पत्रकार सम्मेलनमा शाहरुखको पत्रकारहरूसँग चर्काचर्की परेको थियो। त्यहाँ उनलाई एक जना पत्रकारले धम्की दिएको आरोप लगाएका थिए। ती पत्रकारसँग मिलापत्र नहुञ्जेलसम्म उनलाई प्रहरी चौकीमा राखिएको थियो।
दोस्रो घटना सन् २०१२ को हो। वानखेडे स्टेडियममा उनको सुरक्षाकर्मीसँग झगडा भएको थियो। सुरक्षाकर्मीले शाहरुखमाथि धम्की दिएको र अभद्र भाषा प्रयोग गरेको आरोप लगाएका थिए। उनलाई केही समय वानखेडे स्टेडियम प्रवेशमा रोक लगाइएको थियो। यसरी शाहरुखलाई बाध्य बनाईएको खण्डमा उनी भद्र भन्दा अभद्र नबन्लान भन्न सकिन्न।