Photo Source: The Indian Express
काठमाडौं _ नासाले पठाएको रोभरद्धारा आएको जानकारी अनुसार मंगल ग्रहमा अक्सिजन भएको अनुमान गरिएको छ।
विज्ञहरुका अनुसार मंगल ग्रहमा रहस्यमय तरिकाले भूमिका खेल्ने अनुमानका साथसाथै मौसम अनुसार अक्सिजनको तह परिवर्तन बताएका छन्।
वसन्त र गर्मीको मौसममा भने अक्सिजनको तह करिब ३० प्रतिशतले बढ्ने गर्छ।
मंगल ग्रहमा हुने विशिष्ट प्रक्रियाको कारण यसले अक्सिजन निर्माण गर्ने गर्छ। मंगल ग्रहमा अक्सिजनले अपेक्ष अनुसार काम नगरेको समेत विज्ञले जनाएको छन्। त्यसैगरी उक्त सतहमा नाइट्रोजन र आर्गनको मात्रा पनि पाइएकोछ।
मंगल ग्रहका विज्ञहरुले रातो ग्रहमा अक्सिजनका स्तरमा भएको वृद्धि र गिरावटलाई बुझउने प्रयास गरिरहेका छन्। वायूमण्डलको बिच्छेद हुँदा कार्वन डाइअक्साइड र पानीबाट केहि मात्रामा अक्सिजनको निमार्ण भएको विज्ञहरुले जनाएका छन्।
अत्याधिक मात्रामा अक्सिजन निर्माण गर्न मंगल ग्रहमा अहिले भएको पानी भन्दा पाँच गुणा बढी पानी हुनु पर्ने विज्ञहरुले जनाएका छन्। प्रत्येक मौसममा अक्सिजनको मात्रा नदेखेको हुँदा विज्ञहरुले यस बारेमा अनुसन्धान गरिरहेको बताएका छन्।
