एजेन्सी–दक्षिण पश्चिम फ्रान्समा पुल भत्किँदा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।
करिब बिहानको ८ बजे भएको घटनामा एक १५ वर्षीया किशोरीको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार मृतकको आमालाई भने घटनास्थलबाट उद्दार गरि अस्पताल लगिएको छ।
पुल भत्किँदा तीन सवारीहरु पुलमै रहेको त्यहाँको प्रहरीले जनाएको छ। पुल भत्किनु पछाडिको थप कारण के हो, अनुसन्धान भइरहेको छ।