काठमाडौ– म्यादी जिल्लामा जापान सरकारको सहयोगमा श्री देउराली विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। करीब ९२ लाख रुपैया सहयोगमा विद्यालय निर्माण गरिएको हो।
नेपालस्थित जापानको दूतावासका सेकेन्ड सेक्रेटरी योसिकी सान्डोले एक कार्यक्रमबीच विद्यालयको नवनिर्मित हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै सान्डोले जापान सरकारको सहयोगले ग्रामिण क्षेत्रमा शिक्षाको वातावरण सुधार गर्न सहयोग पुग्ने आशा व्यक्त गरे।
ग्रामिण क्षेत्रमा विद्यालय निमार्ण भए सँगै स्थानिय बासिन्दाले जापान दूतावासलाई समान गरेका छन्।
आठ कक्षा भएको भवन निर्माण गर्नका लागि ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टले सन् २०१७ मा अनुदान सहयोग गरेको थियो।
प्राथमिक तहदेखि कक्षा ८ सम्म विद्यालयमा करीब २ सय विद्यार्थी अध्यायरत रहेका छन्।