एजेन्सी–बलिउड अभिनेता साहिद कपुर नयाँ चलचित्र ‘जर्सी’ रिमेकको तयारीमा छन्। सफल तेलुगु चलचित्र ‘जर्सी’ को हिन्दी रिमेकमा साहिदले काम गर्न लागेका हुन्। यो चलचित्रले क्रिकेटरको कथा प्रस्तुत गर्दैछ।
यो चलचित्रको लागि हालसम्म साहिदको नाम मात्र सार्वजनिक भएको थियो। अब भने चलचित्रको लागि मुख्य नायिका पनि पक्का भएकी छिन्। मृणाल ठाकुरले यो चलचित्रमा मुख्य नायिकाको रुपमा काम गर्ने भएकी छिन्।
मृणालले यसअघि ‘सुपर ३०, बाल्टा हाउस’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन्। हिदसँग काम गर्नको लागि मृणाल निकै उत्साहित छिन्। उनले भनिन्,‘तेलुगुमा सफल भएको चलचित्रमा काम गर्न पाउनु नै मेरो लागि ठुलो कुरा थियो। त्यसमाथि साहिदको जोडी भएर काम गर्न पाउँदा एकदमै उत्साहित छु।’
यो चलचित्रलाई गौतम तिन्नानुरीले निर्देशन गर्नेछन्। जसले तेलुगु चलचित्र निर्देशन गरेका थिए। अल्लु अरविन्द, अम गिल, दिल राजुले संयुक्त रुपमा निर्माण गर्ने यो चलचित्र सन् २०२० मा रिलिज हुनेछ।