काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको २१ असफलता सार्वजनिक गर्ने भएको छ।
मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
कांग्रेसले अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप लगाउँदै आएको छ। असफल सरकारको जनतामाझ भण्डाफोर गर्ने यस्तो कार्यक्रम ल्याएको प्रवक्ता शर्माले बताए।
यही मंसिर १४ गते उप निर्वाचन हुँदैछ। वर्तमान सरकारको कमजोरी औंल्याउँदै उप निर्वाचनको माहोललाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ कांग्रेसले भण्डाफोर कार्यक्रम गर्न लागेको हो।