ताप्लेजुङ — आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका(१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबे रहेका छन्।
मादक पदार्थ सेवन गरेका कालु थेबेले घरायसी बिबादमा आफ्नै भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्दा घाइते भएका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
घाइते सन्तोष थेबेलाई उपचारको लागि जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जानकारी दिएको छ।