एजेन्सी–सुन्दरता मानिसको बाहिरी आकर्षण हो, तर सुन्दर अनुहार र बान्की परेको जिउडाल मात्रै भएर मानिस पूर्ण हुँदैन।
त्यसको लागि मानिसमा हुने अन्य कुराप्रतिको सोच र धारणाले मुख्य भूमिका हुन्छ। विश्वभरी सञ्चालन हुने धेरैजसो सुन्दरी प्रतियोगिताले पनि यही कुरालाई झल्काउँछ। विशेषतः धेरै नै चर्चामा रहँदै आएको विश्व सुन्दरी प्रतियोगिताको कुरा गर्दा यसमा प्रायः विजेताहरुमा पनि सुन्दरता सँगसँगै उनीहरुको अन्य चीजप्रतिको मूल्यांकन गर्ने क्षमता राम्रो भएको भेटिन्छ।
यसैबीच, सन् १९९४ मा ‘विश्व सुन्दरी’ को ताज पहिरिएकी सुन्दरी ऐश्वर्या रायमा भएको उदारता र जागरुकता फैलाउने सोचका कारण नै उनी विश्व सुन्दरी बन्न सफल भएको उल्लेख गरिन्छ। ऐश्वर्याले विश्व सुन्दरी प्रतियोगितामा दिएको प्रश्नको जवाफ नै यति मिठो थियो कि उनलाई ताज समेत पहिर्यो।
उनलाई विश्व सुन्दरीमा हुनुपर्ने गुण के कस्ता हुन् भनेर सोधिएको थियो। उनले भनेकी थिइन्, ‘अहिलेसम्म जतिजना विश्व सुन्दरी देखेकी छुँ ति सबैमा दयाको भावना रहेको छ। उनीहरुमा ठूला बडाको लागि मात्र होइन बेसाहारा र केही नभएका गरिब दुखिहरुका लागि पनि उत्तिकै दया र माया थियो। जसमा मानिसले बताएको विभिन्न बाधा, बन्धन, राष्ट्रियता, रंगभेद र भेदभावलाई बिर्सेर दुनियाँ देख्न सक्छ त्यो मात्रै विश्वसुन्दरी बन्न सक्छ र एक असल मानिस।’
प्रतियोगिताको दौरान ८७ वटा देशका युवतीहरुले भाग लिएका थिए। उनले मनछुने जवाफ दिएर निर्णायकहरुको मन जितेकी थिइन्। २१ वर्षकी ऐश्वर्याले उक्त समयमा आर्किटेक्चरको पढाई गरिरहेकी थिइन्। बलिउडमा उनको अभिनयलाई निकै रुचाईयो, लामो समय उनी राज गर्न सफल पनि सफल भईन्।